
काठमाण्डौं ।
आज (आइतबार) नेप्से सूचक झण्डै ३ प्रतिशतले घटेको छ । आइतबार बजार खुलेदेखि नै नेप्से सूचक उच्च अंकले घटेको छ । यस दिन नेप्से सूचक ६०.८८ अंकले घटेर २१२१.७५ विन्दुमा झरेपनि कारोबार रकम भने ३ अर्ब रुपैयाँ माथि पुगेको छ।

आज ३ अर्ब ४ करोड ७७ लाख ३९ हजार ८१२ रुपैयाँ बराबरको ८१ लाख ३९ हजार ८४० कित्ता शेयर कारोबार भएको छ । कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ । जसमा हाइड्रोपावर, फाइनान्स लगायतका उपसमूहको सूचक ४ प्रतिशतभन्दा धेरैले घटेको छ।

आज खप्तड लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै करिब ५ प्रतिशतले बढेको छ भने सामलिङ्ग पावर, सयपत्री हाइड्रोपावर, बाराही हाइड्रोपावरको शेयरमूल्य २ प्रतिशतभन्दा धेरै बढेको छ। यता सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै करिब ७ प्रतिशतले घटेको छ भने ङादी ग्रुप पावर, हिमालयन पावर पार्टनर, बरुण हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरमूल्य उच्च दरमा घटेको छ।
आइतबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावर, अपि पावर र अपर तामाकोशी हाइड्रोपावरको उच्च शेयर कारोबार भएको छ । मौद्रिक नीतिको समीक्षामा शेयर धितो कर्जाको सिमा बढ्ने, जोखिम भारित औसत घटाउने लगायतका मागहरु सम्बोधन हुने अपेक्षा गरिएको थियो तर ती मागहरु सम्बोधन नहुँदा बजार नकारात्मक देखिएको छ ।
