काठमाण्डौं ।
आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगले रिक्त एक प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मिति तोकेको हो।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताए।