
काठमाडौं: नेपाली बजारमा शुक्रबार सुन र चाँदीको भाउ घटेको छ।

शुक्रबार सुनको भाउ तोलमा ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बिहीबार तोलाको १ लाख ४१ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज शुक्रबार घटेर १ लाख ४१ हजार २ सयमा किनबेच भइरहेको छ।

त्यस्तै तेजाबी सुन तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार चाँदी तोलाको १ हजार ८ सयमा कारोबार भइरहेको छ। बिहीबार तोलाको १ हजार ८ सय १० रुपैयाँ थियो।
