Skin_Hospital_Dhn

आज सरकारले सार्वजनिक बिदा दिए पनि बैंकहरुका अत्याबश्यक सेवा सुचारु हुने

काठमाण्डौं ।
सरकारले सार्वजनिक बिदा दिए पनि बैंकहरुका अत्याबश्यक सेवा भने सुचारु हुने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले अकास्मात १ फागुनलाई ‘जनयुद्ध दिवस’ मनाउने भन्दै सार्वजनिक बिदा दिए पनि बैंकहरुका अत्याबश्यक सेवा भने सुचारु हुने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी मुलकभरका बैंकहरुलाइ अत्यावश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्रहीहरुको हित ध्यानमा राखी बिहान १० बजेदेखी साढे १ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशनसमेत दिएपछि सेवा अबरूद्द नहुने भएको हो । ‘नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत बैंकिङ सेवा प्रदान गर्न बिहान १० बजेदेखी दिउँसो साढे १ बजेसम्म बैंक तथा वित्तिय संस्थाका आवाश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन हुन यो सुचना जारी गरिएको छ,’ राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित
Loading...