

धनगढीः कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका १ सेती प्रादेशिक अस्पताल स्थित टिकट काउन्टरको अगाडी बेन्चमा नाम, थर, वतन नखुलेका एक पुरुष हिजो (शुक्रबार) मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी टिकट काउन्टरको अगाडी बेन्चमा सुतेको अवस्थामा मृत फेला परेका हुन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
