Skin_Hospital_Dhn

कञ्चनपुरमा एक घर र गोठमा आगलागी हुदा २ लाख २० हजार बराबरको क्षती

कञ्चनपुरः कञ्चनपुरमा एक घर र गोठमा आगलागी हुदा २ लाख २० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । जिल्लाको दोधरा चाँदनी नगरपालिका–३ चैतेटोलका राजु बिष्टको घरमा बिजुलिको तार सट भई आगलागी भएको हो ।

आगलागी हुँदा घर, अन्नपात, लत्ता कपडा लगायतका सामान गरी अन्दाजी १ लाख २० हजार बराबरको धनमाल जलेर नष्ट भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

यस्तै, भीमदत्त नगरपालिका–१९ बागफाँटा बस्ने ज्ञानेश जोशीको गोठमा आगलागी भएको छ । जोशीको गोठमा आगलागी हुँदा १ वटा भैसी जलेर मरेको र आगलागीबाट गोठ, काठ लगायतका सामान गरी अन्दाजी २ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिई सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...