Skin_Hospital_Dhn

कैलालीमा बाघको छालासहित दुई जना पक्राउ

धनगढी ।
आज (सोमबार बिहान) बाघको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीवाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले ३ फिट ५ इन्च लम्बाई भएको बाघको छालासहित पक्राउ गरेको हो ।

कैलाली जिल्लाको गोदावरी नगरपालिका २ बसपार्कबाट ३ फिट ५ इन्च लम्बाई भएको बाघको छालासहित अछाम चौरपटी गाउपालिका ५ बस्ने १८ वर्षीय सुनिल बोहरा र सोही स्थान बस्ने १९ वर्षीय शुबास बोहरालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएकालाई बन्यजन्तु अखेटोपहार ओसारपसारको कसुरमा आवश्यक कार्वाहिको लागि इलाका प्रहरी कार्यालय मालाखेतिमा बुझाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...