
काठमाडौं: नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ६०० रुपैयाँले घटेको हो। महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा एक लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा २० रुपैयाँले घटेर तोलाको १८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
