Skin_Hospital_Dhn

टिकापुरमा लागु औषधसहित एक जना पक्राउ

धनगढी ।
आज (सोमबार ) लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलाली जिल्लाको टिकापुर न.पा.१ बनगाउँ बस्ने २५ बर्षीय यम बहादुर घर्तिमगरलाइ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीवाट खटिएको प्रहरी टोलीले टिकापुर न.पा.१ बनगाउँ स्थित ऐ। बस्ने २५ बर्षीय यम बहादुर घर्तिमगरको साथबाट ६६० मिलि ग्राम लागु औषध रोहेरोईन फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

सम्बन्धित
Loading...