Skin_Hospital_Dhn

परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न

काठमाडौं ।
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्ने सहमतसहित बैठक सम्पन्‍न भएको हो ।

द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा ७–७ जनाको टोली उपस्थित थियो ।

भारतीय विदेश सचिव क्वात्रा दुईदिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका हुन् । होटल याक एन्ड यती होटलमा बसेको बैठकमा विभिन्न विषयमा छलफल भएको थियो ।

आधा घण्टासम्म चलेको छलफलमा के के विषयमा कुराकानी भयो भन्ने विषय अहिले सार्वजनिक गरिएको छैन । संयन्त्रको बैठकमा सीमा सम्बन्ध, वातावरण, पर्यटन, यातायात लगायतका विषयमा छलफल गर्ने तय भएको थियो ।

सम्बन्धित
Loading...