उपनिर्वाचनमा उम्मेदवार छान्न रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक शुरू

काठमाण्डौं ।
वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल र केन्द्रीय समितिको बैठक शुरू भएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको छ। बैठकमा समसामयिक राजनीति र संगठन विस्तारबारे छलफल हुने पनि बताइएको छ ।

सभापति रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्चको फैसलाबाट गैरसांसद ठहर भएपछि उक्त स्थान रिक्त भएको थियो । लामिछानेले गएको मंसिरमा चितवन — २ मा भारी मतान्तरले चुनाव जितेका थिए।

आजको बैठकमा सत्तारूढ दलहरूले सरकारमा सहभागी हुन आह्वान गरेकाले यस विषयमा छलफल गर्ने बताइएको छ ।

 

सम्बन्धित
Loading...