Skin_Hospital_Dhn

बिमा दाबी गर्ने मनसायले आफै गाडीमा आगजनी गर्ने चालक पक्राउ

बर्दिया ।
बिमा दाबी गर्ने मनसायले आफै गाडीमा आगजनी गरेको अभियोगमा गाडीका चालक पक्राउ परेका छन् ।
बिमा दाबी गर्ने मनसायले आफै लु.२ ख २०८४ नम्बरको फोर्स गाडीमा आगजनी गरेको अभियोगमा गाडीका चालक मधुबन नगरपालिका—२ गंगापटुवा बस्ने रामु चौधरी आज (सोमबार) बिहान पक्राउ परेका हुन् ।

मधुबन नगरपालिका—४ बसन्तास्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडकमा गए राति उक्त गाडीमा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको थियो । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा उक्त गाडीका चालक चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको संलग्नता रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।

माघ २० गते उक्त गाडी बिग्रिएकोले मर्मतको लागि ग्यारेजमा लगेको र मर्मत गर्न बढी रकम लाग्ने हुँदा चौधरीले बिमा दाबी गर्ने मनसायले गाडीलाई आइतबार राति डिजेल छर्की आगो लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको  छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
Loading...