Skin_Hospital_Dhn

रोहितसँग विवाद गर्ने बंगलादेशका तीव्र गतिका बलर आईसीसीको कारबाहीमा

एजेन्सीः आईसीसीले टी–२० विश्वकप २०२४ मा बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ । आईसीसीले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै नेपालका कप्तान रोहित पौडेलसँग विवाद गर्ने उनलाई कारबाही गरेको जनाएको हो ।

आईसीसीका अनुसार उनको म्याच फिको १५ प्रतिशत रकम काटिनेछ । सेन्ट भिन्सेन्टमा आइतवार नेपालले १०७ रनको लक्ष्य पछ्याउने क्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि विवाद भएको थियो ।

उनले पिचको मध्य भागमा आएर रोहितलाई केही भनेका थिए । रोहितले पनि आक्रोशित हुँदै उनलाई जवाफ फर्काएका थिए । नेपाललाई ८५ रनमा अल आउट गर्न तान्जिमले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिएका थिए । उनकै बलमा रोहित क्याच आउट भएका थिए ।

सम्बन्धित
Loading...