Skin_Hospital_Dhn

सुनको मूल्य स्थिर, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं: नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन १ लाख ४२ हजार २०० र तेजाबी सुन १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

सुन सोमबार र मंगलबार पनि आजकै मूल्यमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी तोलाको १० रुपैयाँ घटेर तोलामा १८ सय ५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।

सम्बन्धित
Loading...