

कञ्चनपुरः नहरको पानीमा डुबेर कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–५ तिनतारा स्थित नहरमा डुबेर सोही ठाउँ बस्ने १५ वर्षीय बालक अबिरल चन्दको हिजो (बुधवार) मृत्यु भएको हो ।
ती बालक नहरको पानीमा पौडी खेल्ने क्रमामा डुबेर बेपत्ता भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी टोली खटिइ खोजतलास गर्दा पौडी खेल्ने स्थानदेखि ६०० मिटर पुर्व मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
