मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द, प्रहरीको भ्यानमा आगजनी

काठमाडौं ।
मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराउने घोषणा गरेका छन् । ट्राफिक नियमको विरोध गर्दै यातायात व्यवसायी तथा मजदूरहरूले सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै विरोधको रुपमा यातायात नचलाउने घोषणा गरेको जनाएका हुन् ।

आज सवारी चालकहरूले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने सरकारी नियमविरुद्ध चालकहरुले सडकमा प्रदर्शन गरेका थिए । उनीहरूले नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारीसाधन तेर्स्याएर सडक अवरुद्धसमेत गरेका थिए ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081
Gaurishankar Dental

त्यस्तै मजदूर कुटिएको विरोधमा आन्दोलित यातायात मजदूरले प्रहरीको भ्यान समेत जलाएका छन् । बालाजु बाइपासमा आन्दोलरत व्यवसायीहरुले रोकिराखेको प्रहरीको भ्यानमा आगजनी गरेका हुन् ।

नयाँ बसपार्क सञ्चालनको ठेक्का लिएको लोत्से कम्पनीका प्रबन्धक सुनिल कुँवर लगायतकाले मजदूरमाथि हातपात गरेको भन्दै विरोधमा उत्रिएका थिए ।

यातायात मजदूरहरूले नयाँ बसपार्क, चक्रपथलगायतका क्षेत्रमा चक्काजाम गरेका छन् ।

आजै नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, नेपाल यातायात मजदूर संघ र अखिल नेपाल यातायात मजदूर संघले प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

DHN_Aaglagi
सम्बन्धित
Loading...