Skin_Hospital_Dhn

बाजुरामा पेस्तोल देखाउँदै धम्की दिने गिरी पक्राउ

बाजुरा: बाजुरामा पेस्तोल देखाउँदै सर्वसाधारणलाई तर्साउने र धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको त्रिवेणी नगरपालिका–८ कालापानीका १८ वर्षीय किशोर गिरी पेस्तोलसहित पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाजुराको टालीले घरबाटै उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिए। उनका अनुसार हातहतियार बोकेर गाउँमा अशान्ति फैलाउँदै आएको गोप्य सूचनाका आधारमा बुधबार गिरीलाई पक्राउ गरिएको हो।

गाउँमा पेस्तोल देखाउँदै सर्वसाधारणलाई तर्साउने र धम्की दिने गतिविधि गर्दै आएकाले घरमा लुकाएर राखेको पेस्तोलसहित गिरीलाई पक्राउ गरेको प्रहरी निरिक्षक कार्कीले बताए। पक्राउ परेका गिरीलाइ हातहतियार खरखजना सम्बन्धी मुद्दा दायर गरेर बाजुरा जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...