Skin_Hospital_Dhn

उदयपुर-१ मा अझै मतगणना सुरू भएन

आयोगको निर्देशन आएपछि मतगणना सुरू गरिने

उदयपुर क्षेत्र नम्बर १ मा आइतबारदेखि रोकिएको मतगणना अझै सुरू हुन सकेको छैन।

आइतबार बिहान साँढे १० बजेदेखि मतगणना रोकिएको थियो। प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपेटिकामा प्रदेश सभाको मतपत्र भेटिएपछि विवाद भएको थियो। नेकपा एमालेले पुन : निर्वाचनको माग गरेको छ भने नेपाली कांग्रेसले मतगणना पुन : सुचारू हुनुपर्ने बताएको छ।

मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले निर्वाचन आयोगको निर्देशन आएपछि मतगणना सुरू गरिने जानकारी दिए।

उनकाअनुसार आज बिहान १० बजेदेखि पुन : मतगणना सुरू गर्ने तयारी छ। निर्वाचन आयोगले मतगणनाका लागि निर्देशन दिन सक्ने उनले बताए। यहाँ ६३ हजार ८० मत गणना गरिसकिएको छ। कांग्रेसका उम्मेदवार नारायण खड्का १ हजार ८ सय २५ मतान्तरले अघि छन्।

सम्बन्धित
Loading...