आफ्नै आमाको हत्या गरेको आरोपमा दुई जना पक्राउ

काठमाण्डौं ।
आफ्नै आमाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

तनहुँको बन्दिपुर गाउँपालिका–३ सेराटारका ४७ वर्षीय राजकुमार सार्की र उनकी श्रीमती ३५ वर्षीया सुशिला मजाकोटी पक्राउ परेका हुन् ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081
Gaurishankar Dental

उनीहरूलाई राजकुमारकी आमा ८४ वर्षीया माया सर्किनीलाई हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी मोहन बहादुर खाँणले जानकारी दिए।

सोमबार बिहान अन्दाजी ५ बजेको समयमा मायाको हत्या भएको बताइएको छ। अनुहार समेतको भागमा घाउचोट लागि मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भएपश्चात तनहुँ प्रहरी प्रमुख एसपी अबदेश बिष्ट क्षेत्री समेतको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान डीएसपी खाँणले जानकारी दिएका छन् ।

DHN_Aaglagi
सम्बन्धित
Loading...