Skin_Hospital_Dhn

धनगढीको एक होलसेल पसलमा आगलागी, साढे २ करोडको सामान जलेर नष्ट

धनगढीः कैलालीको धनगढीमा एक होलसेल पसलमा आगलागी हुँदा साढे २ करोड बराबरको सामान जलेर नष्ट भएको छ।

गएराति साढे ९ बजेतिर विद्युतको तार सर्ट भएर होलसेल पसल जलेर खरानी भएको हो। धनगढी उपमहानगरपालिका–४ स्थित जिएस ट्रेडर्समा आगलागी हुँदा पसभित्र रहेका सबै सामान जलेर नष्ट भएको कैलाली होलसेल व्यवसायी संघका अध्यक्ष देवराज पाण्डेले बताए।

श्यामकृष्ण खतिवडाको होलसेल पसल जलेर ध्वस्त भएको उनले बताए। पसलमा महंगामंहगा सामान राखिएको थियो। तर जलेर सबै खरानी भएको अध्यक्ष पाण्डेले बताए।

उनका अनुसार साढे २ करोडको रेडिमेट सामान लुगाकपडाहरु जलेर नष्ट भएको छ। पछि दुई वटा दमकलको सहायताले आगो नियन्त्रणमा ल्याउने काम भएको थियो। ‘दमकल नभएको भए घरसमेत ध्वस्त हुने अवस्था थियो,’ अध्यक्ष पाण्डेले भने।

‘अस्थिदेखि नै विद्युतमा समस्या देखिन थालेपछि हामीले विद्युत प्राधिकरणलाई जानकारी गराएका थियो, तर विद्युतमा सुधार हुन सकेको थिइन’, उनले भने। माथिको सामान थोरै जोगिए पनि तल पसलमा राखिएका सबै सामान भने जलेर नष्ट भएको उनले बताए।

सम्बन्धित
Loading...