Skin_Hospital_Dhn

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं: आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

शुक्रबार सुन प्रतितोला १९ सयले बढेर १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८ सयमा कारोबार भएको थियो।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४४ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको मूल्य तोलाको २५ रुपैयाँले बढेर प्रतितोला १८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सम्बन्धित
Loading...