आज दिनभर मौसम सफा रहने
काठमाडौं ।
हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं. १,बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै राती प्रदेश नं. १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।