Skin_Hospital_Dhn

रविलाई बाबुरामको सुझाव– पुराना दलहरूसँग धेरै उठबस नगर्नू

काठमाडौं: नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुराना दलसँग धेरै उठबस नगर्न सुझाएका छन्।

रास्वपाले आयोजना गरेको चियापान समारोहमा सहभागी हुने क्रममा उनले यस्तो बताएका हुन्। चियापान समारोहमा सहभागी पूर्व प्रधानमन्त्री भट्टराईले रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पुराना दलहरूसँग धेरै लसपस नगर्न सुझाएका हुन्।

उनले पुराना दलहरूसँगको लसपस जारी रहेमा रास्वपा चाँडै नै बिलाएर जानेतर्फ पनि सचेत गराएका छन्।

सम्बन्धित
Loading...