Skin_Hospital_Dhn

सर्पको टोकाइबाट कैलालीमा एकजनाको ज्यान गयो

धनगढी: सर्पको टोकाइबाट कैलालीमा एक पुरुषको मृत्यु भएको छ।

जिल्लाको बर्दगोरिया गाउँपालिका–६ का ४५ वर्षीय पदम कठरीयाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

गएराति शौचालय जानेक्रममा सर्पले उनको दायाँ खुट्टामा टोकेको थियो। सर्पको टोकाइबाट घाइते भएका पदमको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...