
काठमाडौं ।
सरकारले काठमाडौंमा आन्दोलनरत मजदुर संगठनका नेतालाई वार्ता र संवादमा बोलाएको छ।

बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजानीको घटनापछि आज सवारी सेवा बन्द गरीसकेका बेला आन्दोलनकर्तालाई सरकारले वार्तामा बोलाएको हो।

यातायात विभागका महानिर्देशक तुल्सी गौतमका अनुसार आन्दोलनरत यातायात मजदुरलाई मंगलबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बोलाइएको हो ।
मजदुर संघको हडतालका कारण उपत्यकाका सवारी बन्द भएका छन् । अचानक भएको सवारी बन्दका कारण हजारौं यात्रु अलपत्र परेका छन्।
