Skin_Hospital_Dhn

आज राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाण्डौं ।
आज (मंगलवार) राष्ट्रिय सभाको तेह्रौँ अधिवेशनको आठौँ बैठक आज बस्दैछ । आज अपराह्न ४ बजेका लागि बैठक बोलाइएको छ।

आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनेछन्। यस्तै दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९ सभा समक्ष पेश गर्नेछन्।

यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले “राष्ट्रिय सरोकार तथा समन्वय समितिको आ.व. २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन मूल्याङ्कन प्रतिवेदन २०७९” सभा समक्ष पेश गर्नेछिन्।

आजकै राष्ट्रिय सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९/०६/२८ गतेको निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सभा समक्ष पेश गर्नेछन् ।

सम्बन्धित
Loading...