Skin_Hospital_Dhn

कैलालीबाट लागुऔषतसहित ४ जना पक्राउ

धनगढी ।
कैलालीका विभिन्न ठाउँबाट लागुऔषतसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट जुगेडा कैलालीबाट खटिएको प्रहरी टोलीले ३ जना र इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले एक जनासहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

 

 

हिजो (सोमबार) राती अन्दाजी ०९ः०० बजेको समयमा अस्थायी प्रहरी पोस्ट जुगेडा कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप—महानगरपालिका वडा नं. ९ बङ्ग्राकटान स्थित वडा नं. ८ बुद्ध चोक बस्ने २१ वर्षीया मनिका बुढा वडा नं. ८ धनगढीगाँउ बस्ने २६ वर्षीय महेश राना र २० वर्षीय रामलखन राना लाई शंकाको आधारमा चेकजाँच गर्दा २१० मिलिग्राम लागु औषध खैरोहेरोईन  सहित तिनै जनालाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

 

त्यस्तै इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा जिल्ला कैलाली जानकी गाउँपालिका वडा नं. ६ जगातपुर घर भई हाल टिकापुर नगरपालिका वडा नं.१ बस्ने २४ वर्षीय नुतन कडायतले संचालन गरेको नमस्ते होटेल चेक जाँच गर्दा कडायतले लगाएको जिन्स पाइन्टमा प्लास्टिक भित्र लुकाई राखेको १०० मिलिग्राम लागु औषध खैरोहेरोईन फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।
सम्बन्धित
Loading...