
दैलेख ।
दैलेखमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्लाको गुराँस गाउँपालिका—८ माथिल्लोगार्जा बस्ने २८ वर्षीय कृष्ण बहादुर खड्का सोमबार राति पक्राउ परेका हुन् ।

सामान्य वादविवाद हुँदा कृष्णले ढोकामा लगाउने काठको गरालोले आफ्नै श्रीमती २७ वर्षीया पार्वती बिसीको टाउकोमा हानि हत्या गरेका थिए ।

पार्वतीको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी लालिकाँडाबाट खटिएको प्रहरीले कृष्णलाई पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जानकारी दिएको छ ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
