
काठमाडौं ।
कुशल भुर्तेलले त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत नामिबियासँगको खेलमा शतक बनाएका छन्।

उनले ९९ बलमा ९ चौका र चार छक्काको मद्दतान सय रन पूरा गरेका हुन् । दुई विकेटको क्षति बेहोरिसकेको नेपालका लागि ३९ रनसहित कप्तान रोहित पौडेलले भूर्तेललाई साथ दिएका छन्।

भुर्तेल नेपालका लागि शतक प्रहार गर्ने चौथो खेलाडी हुन् । पूर्वक्रिकेटर पारस खड्काले १ सय १५ रन, दीपेन्द्र सिंह ऐरीले १ सय ५ रन र कप्तान रोहित पौडेलले १ सय २६ सहित शतक बनाएका छन् ।
ओडीआई र टी–२० मा शतक बनाउने भुर्तेल तेस्रो खेलाडी बनेका छन्।
