Skin_Hospital_Dhn

नेप्से परिसूचक १६.४० घट्यो, कारोबार एक अर्ब ७८ करोड रुपैयाँभन्दा बढी

काठमाडौं ।
सेयर बजार आज (मंगलबार) नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५ विन्दुमा पुगेको छ । यसअघि आइतबार सेयर बजार ६०.८८ अंकले घटेको थियो ।

मंगलबार सबै समूहको सेयर घटेर बजार राताम्मै भएको छ । निर्माण र प्रशोधनमा भने झिनो प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी, २५५ कम्पनीको ४६ लाख ८५ हजार ८०९ कित्ता सेयरको कारोबार हुँदा एक अर्ब ७८ करोड रुपैयाँभन्दा बढी भएको छ । सबैभन्दा धेरै हिमालय डिस्टिलरी कम्पनीको ७ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको हो।

युनिलिभर नेपाल लिमिटेडको शेयर ६ प्रतिशतले, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन कम्पनीको ५ प्रतिशतले बढेको छ ।

सम्बन्धित
Loading...