संरक्षित वन्यजन्तु चितुवाको छालासहित २ जना पक्राउ

धादिङ ।

संरक्षित वन्यजन्तु चितुवाको छालासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङको थाँक्रे गाउँपालिका—२ बाट संरक्षित वन्यजन्तु चितुवाको छाला १ थान सहित २ जनालाई हिजो (सोमबार) दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको कैलाश गाउँपालिका—१ चापाखर्कका बस्ने ३० वर्षीय दीपक मोक्तान र ४५ वर्षीय सुविन्द्र मोक्तानलाई प्रहरीले पक्राउ गरेको थियो।

बाघको छालाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट समेत खटिएको प्रहरीले शिरदेखि पुच्छरसम्मको चितुवाको छालासहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कानुनी कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ।

सम्बन्धित
Loading...