Skin_Hospital_Dhn

डडेलधुरामा घर नजिक जङ्गलमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु

डडेल्धुरा ।
आज (मङ्गलवार) बिहान पर्शुराम नगरपालिका—५ परिगाउँ बस्ने २६ वर्षीया डम्बरी धामीको भीरबाट लडेर मृत्यु भएको छ । धामीको आफ्नै घर नजिक जङ्गलमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।

डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका—५ परिगाउँ बस्ने २६ वर्षीया डम्बरी धामीको आफ्नै घर नजिक जङ्गलमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी उनको जोगबुढा अस्पताल जोगबुढामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित
Loading...