Skin_Hospital_Dhn

अवैध लागूऔषसहित भारतीय नागरिक पक्राउ

काठमाण्डौँ ।
कोटेश्वरस्थित एक होटलवाट अवैध लागूऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

काठमाण्डौँ महानगरपालिका—३२ कोटेश्वरस्थित एक होटलवाट अवैध लागूऔषध खैरो हेरोइनसहित भारत बिहार मधुवनी जयनगरका श्रवण कुमार महरा पक्राउ परेका हुन् ।

भारत बिहार मधुवनी जयनगर हथलेटेवा—४ ठेगाना भएका ३२ वर्षीय श्रवण कुमार महरालाई माघ २९ गते लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले काठमाण्डौं महानगरपालिका—३२ कोटेश्वरस्थित एक होटलवाट अवैध लागूऔषध खैरो हेरोइन १२ ग्राम, १ थान डिजिटल तराजु र नगद ६ हजार रुपैयाँ सहित पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

उनी उपर लागूऔषध मुद्दामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

सम्बन्धित
Loading...