आजको मौसम: सामान्यतया सफा रहने

काठमाडाैं ।

हाल मुलुकमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081
Gaurishankar Dental

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति पनि प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

तराईका थोरै भू-भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ भन्दै महाशाखाले मौसम सूचना तथा पूर्वानुमान अद्यावधिक रहन अनुरोध गरेको छ।

DHN_Aaglagi
सम्बन्धित
Loading...