
काठमाण्डौं ।
च्याम्पियन्स लिगअन्तर्गत बुधबार बिहान भएको खेलमा बार्यर म्युनिखले फ्रेन्च क्लब सेन्ट पेरिस जर्मन (पिएसजी) लाई १–० र मिलानले इग्लिस क्लब टोटेनहमलाई १–० ले पराजित गरेको छ ।
बायर्न म्युनिकले युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लीगको खेलमा झिनो अन्तरको जित निकालेको छ। बायर्नले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसकै घरमा १–० ले पराजित गरेर झिनो अन्तरको जीत निकालेको हो ।


किङ्सली कोमनले ५३ औं मिनेटमा निर्णायक गोल नै बार्यनले १–० को जीत हासिल गर्न सजिलो भएको हो । फ्रान्सेली लिग वान च्याम्पियनमा पीएसजीको सबै खाले प्रतियोगितामा गरेर यो लगातार तेस्रो हार हो ।
इटालियन क्लब एसी मिलानले इंग्लिस क्लब टोटेनहम हटस्परलाई पराजित गरेको छ । युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लिगमा मिलानले टोटनहमलाई १–० ले पराजित गरेको हो ।
घरेलु मैदानमा पहिलो हाफमा मिलानका ब्राहिम डियाजको गरेको गोल नै निर्णायक बन्यो । जसअनुसार खेलको सातौं मिनेटमा डियाजले गोल गर्दै मिलानलाई १–० गोल नै मिलानको निर्णायक बन्यो ।
