प्रतिनिधि सभा सदस्य अरुण चौधरीको आज बयान लिइने

धनगढी ।
१९ माघमा बाँकेबाट पक्राउ परेका प्रतिनिधि सभा सदस्य अरुण चौधरीको आज बयान लिइने भएको छ । २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको आरोपमा जिल्ला कारागार कैलालीमा रहेका चौधरीको आज वयान लिन लागिएको हो ।

Gaurishankar Dental

कैलाली २ बाट निर्वाचित चौधरीलाई रिहाको माग गर्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो । २९ गते देश बहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो ।

उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधि मार्फत बयान दिने छन् ।

ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । ६ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई प्रहरीले १९ माघमा बाँकेबाट पक्राउ गरेको थियो ।

सम्बन्धित
Loading...