
काठमाडौँ ।
कैलालीबाट लागू औषध खैरो हेरोइनसहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिकाबाट एक जना र धनगढी उप—महानगरपालिकाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका—१ बस्ने २४ वर्षीय सुमन थापालाई अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम सहित हिजो (मङ्गलवार) राति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनको घरबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको थियो ।


त्यस्तै धनगढी उप—महानगरपालिका—१० खप्तड इँटा भट्टा नजिकबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित २ जनालाई हिजो ९मङ्गलवार० दिउँसो प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा सोही उप—महानगरपालिका— १५ बस्ने २३ वर्षीय हुकुम राना र उनकै श्रीमती २३ वर्षीया निलु चौधरी रहेका छन् ।
अस्थायी प्रहरी पोस्ट जगेडाबाट खटिएको प्रहरीले सु.प.प्र.०१—००९ प २५८३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।
