Skin_Hospital_Dhn

४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

दार्चुला ।
जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिकाका एक युवक ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका हुन् ।

लेकम गाउँपालिका—४ झलाती घर भई हाल शैल्यशिखर नगरपालिका—९ पथ्थरयानीस्थित ससुराली घरमा बस्ने २७ वर्षीय प्रेम पार्कीलाई हिजो (मङ्गलवार) राति प्रहरीले पक्राउ गरेको हो ।

पार्कीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको प्रहरी महानिरीक्षकको सचिवालये जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सम्बन्धित
Loading...