
काठमाण्डौं ।
सेयर बजार आज (बुधवार) नेप्से परिसूचक १३.९० अंकले घटेर २०९१.५६ विन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार २५६ कम्पनीको ४८ लाख कित्ता सेयर बिक्री भएको हो ।


सेयरबजारमा आज १ अर्ब ७३ करोडको कारोबार हुदा कारोबारमा सामेलमध्ये ३७ कम्पनीको सेयर बढेको र १७६ कम्पनीको सेयर घटेको छ। तीन कम्पनीको सेयर उही मूल्यमा कारोबार भएको छ।
योसँगै बजार पुँजीकरण ३० खर्ब र तरलता १० खर्ब पुगेको नेप्सेले जनाएको छ।
बुधबार लगानीकर्ताले ८.५४ प्रतिशतसम्म कमाउँदा ९.९७ प्रतिशतसम्म गुमाएका छन्। आज अपि पावरको ६ करोड २० लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।
