Skin_Hospital_Dhn

तपाइलाई चिनि मनपर्छ, चीनी सेवन नगर्दा शरीरमा कस्तो राम्रो नतिजा देखिन्छ त ?

काठमाण्डौं ।
बिहान चिया र कफीदेखि कोल्ड ड्रिङ्क्स, चक्लेट तथा फलफुलको समेत सेवनमार्फत हाम्रो शरीरमा चिनी पुग्छ । हामी चिनीको सेवन कुनै न कुनै तरिकाले गरिरहेकै हुन्छौँ ।

यद्यपि केहि त्यस्ता चिनी पनि छन्, जसको आवश्यकता हाम्रो शरीरलाई हुन्छ । तर खानाका विभिन्न कुरामा गुलियो पदार्थ लुकेको हुन्छ, जसले मोटोपना, डाइबिटिज, हाइपरटेन्शन, मुटु सम्बन्धि रोग आदिको कारण बन्छ । रिफाइन्ड शुगर भने विभिन्न रोगको कारण बन्न पुग्छ ।

यदि भोजनमा चिनी सेवन कमभन्दा कम गर्नु हुन्छ भने एक महिनामा नै यसको राम्रो नतिजा देखिन्छ ।

एक महिनासम्म चीनी सेवन नगर्दा शरीरमा कस्तो राम्रो नतिजा देखिन्छ त ?

—चिनी क्यालोरीले भरिपूर्ण हुन्छ र शरीरमा फ्याट बढाउँछ, जसका कारण वजन छिट्टो बढ्छ । चिनी सेवन नगर्दा क्यालोरी काउन्ट कम हुन्छ, जसले वजन पनि कम हुन्छ ।
—चिनीयुक्त खाना खानाले ब्लड शुगरको स्तर पनि बिग्रन्छ, जसले टाइप—२ डायबिटीजको खतरा बढ्छ । यदि चिनी सेवन नगर्ने हो भने यसले ब्लड शुगर र इन्सुलिनको स्तर कम हुन थाल्छ ।
—चिनी सेवन नगर्नाले शरीरमो शक्तिको स्तर बढेको महसुस हुन्छ । चिनीको सेवनले ब्लड शुगरको स्तर तिब्रताका साथ बढ्छ, जसले थकावट र बेहोशी जस्तो महसुस हुन्छ । चिनीको सेवन बन्द गर्नाले बढी सतर्क र इनर्जेटिक महसुस हुन्छ ।
—चिनी सेवन बन्द गर्नाले मुड राम्रो हुन्छ, किनभने यसले शरीरमा इन्फ्लामेशन र अक्सीडेटिभ स्ट्रेस कम हुन्छ । रिफाइण्ड शुगरको सेवन मुटुको स्वास्थ्य पनि नोक्सान पुर्याउँछ ।
—हाई ब्लड प्रेशर, हाई कोलेस्ट्रोल र मुटु सम्बन्धि अन्य रोग पछाडिको प्रमुख कारण चिनी सेवन हुन्छ । चिनी सेवन कम गर्नाले मुटुको स्वास्थ्यमा सुधार हुन थाल्छ र हृदयघात हुने जोखिम पनि कम हुन्छ ।
—स्वस्थ दिमागका लागि आन्द्रा चुस्त दुरुस्त हुनु आवश्यक छ । बढी चिनी खानाले आन्द्रा सुनिन्छ र फाइदा पुर्याउने गुड ब्याक्टेरियालाई नोक्सान पुर्याउँछ । जसले ब्लोटिङ, कब्जियत र पखाला लाग्ने जस्ता समस्या प्रारम्भ हुन्छ ।

सम्बन्धित
Loading...