Skin_Hospital_Dhn

ग्यास सिलिण्डर विस्फोटमा परि नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी गम्भीर घाइते

काठमाडौँ ।
एलपी ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् ।

बुद्धनगरस्थित निवासमा हिजो राति ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारीसँगै उनकी ८६ वर्षकी आमा पनि घाइते भएको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

राति साढे १ बजे कीर्तिपुरस्थित बर्न सेन्टर पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताउँदै शर्माले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

हाल उनीहरुको कीर्तिपुर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। भण्डारीको शरीरको केही भाग र आमाको करिब ७० प्रतिशत शरीर जलेको चिकित्सकले बताएका छन्।

सम्बन्धित
Loading...