युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को खलेमा डर्टमण्ड र पोर्चुगिज क्लब विजयी
काठमाडौं ।
युरोपियन च्याम्पियन्स लिगमा हिजो (बुधबार) राति भएको खलेमा जर्मन क्लब बोरुसिया डर्टमण्ड र पोर्चुगिज क्लब वेनफिका विजयी भएका छन् ।
अन्तिम १६ को घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा डर्टमण्डले इंग्लिस क्लब चेल्सीलाई १—० ले हरायो ।
घरेलु मैदानमा डर्टमण्डलाई जिताउन करिम एडेयमीले ६३औं मिनेटमा गोल गरेका थिए ।
अन्तिम १६ को अर्को खेलमा वेनफिकाले बेल्जियमको क्लब ब्रुगलाई २—० ले हरायो । वेनफिकाका लागि जाआओ मारियोले ५१औं मिनेटमा गोल गर्दै सुरुवाति अग्रता बनाएको थियो । ८८औं मिनेटमा डेभिड नेरेसले गोल गर्दै टिमलाई जित दिलाएका थिए ।