धनगढी ।
लागुऔषत सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ अमरबस्तीबाट दुई जनासहित कैलाली जिल्लाको धनगढी उप—महानगरपालिका २ त्रिनगर ब्यारलबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
हिजो (बुधवार) साँझतिर खटिगएको प्रहरी टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका ११ अमरबस्ती बस्ने ३२ वर्षीय सविन महर्जन र सोही ठाउँ बस्ने २६ वर्षीय राजु वि।क।लाई ४ ग्राम लागु औषध खैरोहेरोईन र नगद भारतिय रुपैया ४४२०, नेपाली रुपैया ६४९०, विभिन्न देशका सिक्का ७ वटा, डिजिटल काटा १ थान र से. ५ प. ५४९ नम्मरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी जानकारी दिएको छ ।
त्यस्तै प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले हिजो (बुधवार) साँझ कैलालीको धनगढी उप—महानगरपालिका २ त्रिनगर ब्यारल स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको धनगढी उप—महानगरपालिका ३ बस्ने २३ वर्षीय आशिष ओलीले चलाएको सु.प.प्र.०१—००१० प ७९९९ नम्बरको मोटरसाइकललाई शङ्का लागी चेकजाँच गर्दा निजको साथबाट लागु औषध खैरोहेरोईन ३ ग्राम ७० मिली ग्राम र सोही मोटरसाइकलको पछाडि सवार सोहि ठाउँ बस्ने २९ वर्षीय वसन्त ओलीलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।
