Skin_Hospital_Dhn

अबैध भन्सार छलिका सामान सहित ६ जना पक्राउ

धनगढी ।
भन्सार छलीका सामान सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका—१० र ११ वाट भन्सार छलीका फलफूल, प्लास्टिक कुर्सी र प्लास्टिक बाटा लगायतका सामानसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीवाट खटिएको प्रहरी टोलीले हिजो (बुधवार) र आज (बिहीबार) भिमदत्त नगरपालिका—१० र ११ वाट भन्सार छलीका फलफूल, प्लास्टिक कुर्सी र प्लास्टिक बाटा लगायतका अन्दाजी ४९,९००।— रुपैयाँ बराबरको सामानसहित उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरमा बुझाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।

सम्बन्धित
Loading...