धनगढी । सुदूरपश्चिमका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहलाई आईजीपी बढुवामा पछि पार्न षड्यन्त्र सुरु भएको छ ।
आईजीपी बढुवा रोक्नका लागि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र देखाई जागिर खाएको भन्दै नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो।
डिआइजी अशोक सिंह निकट स्रोतका अनुसार एक व्यक्तिले फर्जी विवरण पेश गर्दै अख्तियारमा उजुरी दिएका हुन्। निवेदकले डिआइजी सिंहले हुँदै नभएको योग्यता देखाई, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा २८ वर्षसम्म जागिर खाएको, नागरिकतामा उमेर सच्याई जागिर खाएको उल्लेख गरेका छन्।
सिंहका प्रतिस्पर्धीमा त्रास किन ?
प्रहरी नियमावली अनुसार बढुवाको लागि कार्यसम्पादन मूल्याङ्कन पनि हेर्ने गरिन्छ। सुदूरपश्चिममा डिआइजी अशोक सिंह आएपछि एक महिनामा विभिन्न मुद्दाका ११६ जना प्रतिवादी पक्राउ परेका छन् । भने उनले प्रदेश प्रहरी कार्यालयको कमान्ड सम्हालेको २० दिन पुरा नहुँदै लागु औषध दुर्व्यसनी तथा ओसारपसार अपराधमा ६३ जनालाई कानुनी दायरामा ल्याएका थिए।
१ . डिआइजी सिंहले पहिलो पटक सुदूरपश्चिममा लागु औषध विरुद्धको महाअभियानको सुरुवात गरे।
२ . सिंह आएको पुष १० गतेदेखि हालसम्म कैलालीबाट २३ केजी २५ ग्राम चरेस, १० ग्राम गाँजा, १२८ नाइट्रोभेट, ८ स्यास्मो, ६९ स्पास,१ कोरेक्स, १४५ ग्राम ९७७ मिलिग्राम हिरोइनसहित ८२ जना मानिस पक्राउ परेका छन् ।
३ . यस्तै कञ्चनपुरबाट १७ किलो ४६१ ग्राम चरेस, ८८ ग्राम ७ सय ५५ मिलिग्राम हिरोइन, ९४ फेनार्गन, ९३ रेक्सोजेसिक, ७९ डाईजापाम र १० नाइट्राभेटसहित ३१ जना पक्राउ परेको ।
४ . यस्तै ५ सय १७ ग्राम चरेशसहित ३ जना पक्राउ परेका छन् । यस्तै लागूऔषधमा चरेस ४१ किलो ३ दशमलव ६९ ग्राम, गाँजा १० ग्राम, नाइट्राभेट १३८ ट्याब्लेट, स्यास्मा ८ ट्याब्लेट, स्पास ६९ ट्याब्लेट, कोरेक्स १ ट्याब्लेट, हेरोइन् २३५ ग्राम ४५ मिलिग्राम, फेनार्गन ९४ ट्याब्लेट, रेक्सोजेसिक ९३ ट्याब्लेट, ७९ एम्पुल डाईजापाम बरामद गरिएको छ ।
५ . हातहतियारसहित अछाम, बाजुराबाट १र१ जना र कैलालीबाट २ गरी ४ जना व्यक्ति पक्राउका छन् । जसमा एक जनाले भरुवा बन्दुक ४ थान, कटुवा पेस्तोल २ थान, सोको २ राउन्ड गोली र सिसाको ४ थान, फलामको गोली बरामद गरिएको छ । ३५२ दशमलव २५ क्यु फिट सिसम र सालको काठ गरी २ लाख ८१ हजार ३७५ मूल्य बराबरको अवैध काठसहित ८ जना व्यक्तिलाई पक्राउ गरिएको छ ।
६ . वन्यजन्तु चोरी निकासीमा १ जना चित्तलको छाला र २ जना बाघको छालासहित ३ जना व्यक्ति पक्राउ परेका छन् । यस्तै वन्यजन्तु चोरी निकासी भइरहेको अवस्थामा चित्तलको छाला २ थान र बाघको छाला १ बरामद गरिएको छ ।
७ . कैलालीबाट भन्सार छली गर्ने २१ जना जना पक्राउ परेका छन् । उनीहरूको साथबाट ४३ लाख ९३ हजार ४ सय ७६ मूल्यका सामान बराबर गरिएका छन् । कञ्चनपुरबाट १० जना र ३२ लाख २१ हजार ५५३ मूल्यका सामान बरामद गरिएका छन् । यस्तै यही समयमा सुदूरपश्चिममा ७६ लाख १५ हजार २१ मूल्यको भन्सार छलीको राजस्व सङ्कलन गरिएको छ ।

८ . उनले सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्थापन चुस्त दुरुस्त मिलाउन सीमा नाका क्षेत्र तथा प्रदेशका जिल्लामा सक्रिय रूपमा प्रहरी परिचालन गरेका छन् । यस्तै साइबर क्राइमको गलत प्रयोग लाई कम गर्न विद्यालय तथा स्थानीय निकायसँग समन्वय गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाए ।
९ . राजमार्गमा हुने दुर्घटना र त्यसपछि गरिने चक्काजामका कारण सर्वसाधारणले सास्ती पाउने समस्या समाधान गर्न डिआइजी सिंहले दुर्घटनाग्रस्त स्थलको सम्भावित अध्ययन गरि राजमार्ग चक्काजाम निषेधित समिति गठन गरे ।
१० . सिंहले भारतीय प्रशासनको सहयोगमा सीमानाकामा संयुक्त रूपमा अभियान चलाए ।
तसर्थ डिआइजी सिंहको द्रुत कार्य शैलीले आईजीपी बढुवामा उनको कार्यसम्पादन मूल्याङ्कन प्राथमिकतामा पर्न सक्छ भन्ने कुराले उनका प्रतिस्पर्धीमा त्रास छाएको देखिन्छ ।
नेपाल प्रहरीमा उनलाई अटेरी र एक्सन लिने प्रहरीका रूपमा चिनिन्छ। कामकारबाहीका होस् या अपराध कसुरको मामलामा किन नहोस् उनी न विभाग हेर्छन् न कसैको कुरा सुन्छन् नत आफन्त नै हेर्छन् भन्ने उनको छवि बसेको छ ।
यसरी कार्य सम्पादनमा अब्बल मानिएका सिंह एआईजी हुँदै आईजीपीमा बढुवा हुने सम्भावना नजिकिए पछि उनलाई रोक्न अनेक प्रपन्च रच्न थालिएको सिंह निकट स्रोतले बताएको छ । काठमाडौँ हुँदा पनि अब्बल कार्यक्षमता प्रदर्शन गरेका सिंहले सुदूरपश्चिममा गरेको लागु औषध तथा ओसारपसार नियन्त्रणको प्रयासबाट सुपको लाइन खलबलिनुका साथै केन्द्र शक्तिसम्म लाई असर परेकाले विद्रोही समेत छ्ट्पटाएको उनीहरूको अनुमान छ ।
डिआइजीहरू अशोक सिंह, दीपक थापा, वसन्त कुँवर र टेकप्रसाद राई, बढुवा हुने करिब निश्चित छ। यस्तै श्यामलाल ज्ञवाली, किरण बज्राचार्य र मिरा चौधरी मध्येबाट पनि एक जना बढुवा हुनेछन्।
