सिलिन्डरको माथिको गोलो ह्यान्डललाई तलको भाँडोसँग जोड्ने ३ वटा सीधा चेप्टो डन्डी हुन्छ । हो, त्यही डन्डीमा यसको अन्तिम मितिलाई पेन्ट गरिएको हुन्छ ।
त्यो डन्डीमा अङ्ग्रेजी अक्षर ए देखि डी सम्मका कुनै अक्षरसँग २ वटा अङ्क लेखिएको हुन्छ । त्यसैबाट अन्तिम मिति थाहा पाउन सकिन्छ । ती अक्षरले एक्सपाइर हुने महिनालाई सङ्केत गर्दछ (जनवरी देखि डिसेम्बर सम्म) भने अङ्कले एक्सपाइर हुने वर्षलाई सङ्केत गर्दछ।
ए – जनवरी देखि मार्च
बी – अप्रिल देखि जून
सी – जुलाई देखि सेप्टेम्बर
डी– अक्टोबर देखि डिसेम्बर
उदाहरणको लागि, मानौँ तपाईँको सिलिन्डरमा ‘ए १८’ लेखिएको छ । यसमा, ए ले जनवरी देखि मार्च महिनालाई सङ्केत गर्दछ । अनि १८ ले सन् २०१८ को वर्षलाई जनाउँदछ । मतलब, तपाईँको सिलिन्डर सन् २०१८ को जनवरी देखि मार्च महिनासम्ममा एक्सपाइर हुन्छ ।
