फिफा विश्वकपः उरुग्वे पहिलो जितको खोजीमा, दोस्रो जितको खोजीमा पोर्चुगल मैदानमा उत्रदै
रोनाल्डोको साथ पाएको पोर्चुगल उपाधिको दावेदार
कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज राति समूह ‘एच’ मा रहेका पोर्चुगल र उरुग्वेबीच खेल हुँदैछ । पोर्चुगल र उरुग्वेबीचको खेल लुसेल स्टेडियममा राति १२स्४५ बजेबाट सुरु हुनेछ ।
यस अघि पहिलो खेलमा पोर्चुगलले घानालाई ३(२ ले पराजित गरेको थियो । उरुग्वेविरुद्ध मैदानमा उत्रदाँ पोर्चुगल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

यसअघि पहिलो खेलमा उरुग्वेले दक्षिण कोरियासँग गोलरहित बराबरी खेलेको थियो । उरुग्वे भने पहिलो जितको खोजीमा हुनेछ ।
स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको साथ पाएको पोर्चुगल उपाधिको दावेदार मानिएको छ । तर विगत हेर्दा पोर्चुगलको सबैभन्दा उत्कृष्ट नतिजा भनेको सन् १९६६ को विश्वकपमा तेस्रो हुनु हो ।
पाँचौं पटक विश्वकप खेलिरहेका रोनाल्डोले पाँचै संस्करणमा गोल गर्न सफल भएका छन् ।
अर्कोतर्फ पोर्चुगललाई पराजित गर्दै उरुग्वे नकआउट चरणको सम्भावना कायम राख्न चाहन्छ ।
यी दुई टोलीले हालसम्म तीनपटक खेल भएपनि दुबै टिमले एक(एक खेलमा जित हात पारेका छन् भने एक खेल बराबरीमा टुंगिएको छ ।
