९ दिन पछि भयो चेतनको दाहसस्कार

दोषि माथि कार्यवाहिको माग

कुटपिटबाट मृत्यु भएका बाजुराका अनेरास्ववियु केन्द्रीय सदस्य चेतनदिप अयडीको शव ९ दिन पछि उठेको छ । उनको दाहसंस्कारका लागी नेकपा एमाले बाजुराले मार्तडीमाको खुलामञ्चमा श्रद्धाञ्जली सभा कार्यक्रम गर्ने भएको छ ।

Gaurishankar Dental

मसिंर ४ गते प्रतिनिधी सभा र प्रदेश सभाको निर्बाचन पश्चात नेपाली काँग्रेसका कार्यक्रताको कुटपिटबाट अयडीको मृत्यु भएको थियो । मृतक अयडीको शब यात्रा सदरमुकाम मार्तडी परिक्रमा गराई त्रिबेणी नगरपालिका बुढीगंगाको नदीको त्रिबेणीमा दहासस्कार गरिएको एमाले बाजुराका सचिव भरत थापाले बताएका छन ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

श्रद्धञ्जली सभामा बाजुराको सदरमुकाम मार्तडीमा सयौ कार्यकर्ता पुगेका थिए । मंसिर ४ गते अयडीलाई घर भित्र रहेको बेला घर भित्रबाट तानेर निर्घात कुटपिट गरिएको थियो । अयडिको उपचारका क्रममा अछामको बयलपाटा अस्पतालमा मृत्यु भएको थियो । त्रिबेणी ७ मा दिउसो मतदानको समयमा नेपाली काँग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा त्रिवेणी ७ बस्ने सञ्जिब अयडीको मृत्यु हुदा बिबादले चर्को रुप लिएको थियो ।

सञ्जिब अयडीको मृत्युपछि काँग्रेस कार्यकर्ताले घरघरमा गएर अनेरास्वीयुका केन्द्रिय सदस्य चेतन अयडि लगायत एमालेका कार्यकर्ता माथि कुटपिट गरेको थियो । नेकपा एमाले बाजुराले पनि चेतनको हत्यारालाइ प्रक्राउ गरि दोषि माथि कार्यवाहिको माग गर्दै मंसिर ५ गते देखी बाजुरामा आन्दोलन जारी राखेको छ ।

DHN_Aaglagi
सम्बन्धित
Loading...