आइओसीले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ सूची पठायो

काठमाडौं ।
भारतीय आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । आइओसीले मूल्य घटाएर हिजो (बिहीबार) नयाँ सूची पठाएको हो ।

Gaurishankar Dental

जसमा पेट्रोलको मूल्य १.९७ रुपैयाँले घटेको छ भने डिजेलको ६.४१ रुपैयाँ र हवाई इन्धनको ३.८८ रुपैयाँले घटेर आएको हो ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

यसअघि भारतले मूल्यवृद्धि गरेर नयाँ मूल्य सूची पठाएपछि नेपाल आयल निगमले गत २३ माघमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।

पेट्रोल, डिजेल र मट्टितेलमा ३—३ रुपैयाँ वृद्धि हुँदा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको थियो भने डिजेल र मट्टितेलको मूल्य १७५ पुगेको थियो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने नेपाल आयल निगमले यथावत राखेको थियो ।

DHN_Aaglagi
सम्बन्धित
Loading...