प्रधानमन्त्री प्रचण्डलाई चित्रबहादुर केसीले बालुवाटार पुगेर बुझाए ज्ञापन पत्र

काठमाण्डौं ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापन पत्र बुझाएको छ।

पार्टीका नेताहरूसहित चित्रबहादुर केसीले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन्।

गणतन्त्र, संघीयता, राष्ट्रियता र जनजीविकाका विभिन्न विषय समेटेर प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन राष्ट्रिय जनमोर्चाले ज्ञापन पत्र बुझाएको हो।

राष्ट्रिय जनमोर्चाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई समर्थन गरेको छैन । गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मतका लागि राखेको प्रस्तावमा जनमोर्चाले विपक्षमा मत दिएको थियो ।

सम्बन्धित
Loading...